Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

विद्युत् प्राधिकरणको नाफा अझै बढ्छ : कुलमान घिसिङ

विद्युत् प्राधिकरणको नाफा अझै बढ्छ : कुलमान घिसिङ

  • 525
    SHARES
  • विद्युत् प्राधिकरणको नाफा अझै बढ्छ : कुलमान घिसिङ

    काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत् प्राधिकरण नाफा अझै बढ्ने बताएका छन् ।

    प्राधिकरणको ३७औं वार्षिक उत्सवमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उनले यस्तो बताएका हुन् ।

    कार्यक्रममा उनले प्राधिकरणलाई उत्कृष्ट बनाउने गरि काम गरिरहेको बताए ।

    आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले १६ अर्ब १६ करोडभन्दा बढी नाफा कमाएको उनले बताए ।

    प्राधिकरणको यो नाफा हालसम्मकै उच्च रहेको र आगामी दिन यो ग्राफ अझे बढ्ने उनको भनाइ छ ।

    आर्थिक वर्ष २०७७/०७८ मा प्राधिकरणले ६ अर्ब १० करोड नाफा गरेको थियो ।

    कार्यक्रममा उनले विद्युत उपभोग बढाउन  विभिन्न अभियान चलाउने, विद्युत प्रधिकरणलाई डिजिटल बनाउने, देशभरका विभिन्न स्थानमा फस्ट चार्चिङ स्टेशन बनाउने घोषाणा पनि गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij