वेबटिभी खबर
काठमाडौं । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा विरोधसभा गर्ने भएको छ ।
कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँ बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।
नयाँं वानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जनाए । उनका अनुसार सभामा केन्द्रीय नेताहरूले सम्वोधन गर्ने छन् ।
पार्टीले नागरिकता विधेयकविरूद्ध निरन्तर आवाज उठाउँदै आएको छ । नेमकिपाले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ ।
विदेशी महिलाले बिहे गरेलगत्तै नागरिकता पाउने व्यवस्था गलत भएको भन्दै नेमकिपाले विरोध गर्दै आएको छ ।
विधेयक आज संसदबाट पास गर्ने तयारी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij