Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

धरानमा जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

धरानमा जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • 336
    SHARES
  • धरानमा जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका-८ मा बुधबार साँझ जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

    इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ च १६ ६७ नम्बरको जीप र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४८ प ४८३१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे ठोक्किएका थिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार इटहरी उपमहानगरपालिका-११ का ३१ वर्षीय सुरज दाहालको धरान घोपामा उपचारका क्रममा मृत्यु भएको हो ।

    सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । जीप सहित चालकलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij