वेबटिभी खबर
काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा १ अर्ब ४ करोड ३८ लाख ८९ हजार रूपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार २ भदौ बिहान १०ः०५ बजेसम्ममा ९ लाख ३ हजार ६६६ जनाले १ करोड चार लाख ३८ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारणका लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४.५४ गुणा बढी आवेदन हो ।
पिपुल्स पावरले ३१ साउनबाट सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो ।
योमध्ये ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।
बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा ५ भदौसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij