वेबटिभी खबर
काठमाडौं । देशभरका विभिन्न ४ स्थानमा जारी निषेधाज्ञा सकिएपश्चात मोटरहेड बाइकका थ्रीएस अर्थात सेल्स, सर्भिस र स्पेयर पार्ट्स आउटलेट खुल्ने भएका छन् ।
आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले नेपालका लागि मोटरहेड बाइकको ती आउटलेट स्थापना गर्ने भएको हो । हाल काठमाडौं उपत्यकाका साथै इटहरी, बुटवल, पोखरा आदि मुख्य सहरहरुमा मोटरहेडको थ्रीएस सेन्टर छ ।
आगामी दिनमा बिर्तामोड, कावासोती, धादिङ र मन्थलीमा समेत थ्रीएस सेन्टर स्थापना गर्ने योजना रहेको बताइएको छ ।
‘हामीले निषेधाज्ञा पहिले नै यसको लागि सम्पूर्ण तयारी पुरा गरिसकेका थियौं । अब निषेधाज्ञा पश्चात तुरुन्तै यी स्थानमा थ्रीएस सेन्टरको शुभारम्भ गर्ने योजना छ,’ एसएलआर टेक्नो एन्ड ट्रेडका जनरल म्यानेजर उज्ज्वल जोशीले भने ।
नेपाली बजारमा हाल मोटरहेडका स्क्र्याम्बलर २५०, एमएच २००, टेक्कन २५०, स्पोर्ट्स अफरोड टायर, स्पोर्ट्स रोड टायर, एक्सटर्क र एमएच १५० आर छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij