Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

डा.विष्णु के.सी.काे बालकाव्य आमा सार्वजनिक

डा.विष्णु के.सी.काे बालकाव्य आमा सार्वजनिक

  • 628
    SHARES
  • डा.विष्णु के.सी.काे बालकाव्य आमा सार्वजनिक

    काठमाडौं । डा.विष्णु के.सी. दुई दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन् । उनका गीत, समालोचना र निबन्धका पुस्तकहरू प्रकाशित छन् । उनले विद्यालयीय र महाविद्यालयीय तहका पाठ्यपुस्तकहरू पनि लेखेका छन् ।

    images

    नेपाली साहित्यमा ‘विष्णु के.सी.’ नामले चिनिने डा.के.सी.को खास नाम विष्णुकुमार खत्री हो । उनी प्रायः बालसाहित्य लेखनमा रुचि राख्छन् ।

    उनका सिद्धार्थको पहाडयात्रा (२०६१), आमाको उपचार (२०६४), भुइँचालो (२०७२), घमण्डी झिँगो (२०७२) र चङ्गा चेट (२०७२ कथासङ्ग्रह, घट्टे यात्रा (२०७२) र समाको चराप्रेम (२०६२) चित्रकथा प्रकाशित छन् ।

    त्यसैगरी डा.केसीका रचनात्मक नेपाली निबन्ध–१ (२०७०) र रचनात्मक नेपाली निबन्ध–२ (२०७१) निबन्ध सङ्ग्रह, माटोको गन्ध (२०७२) नाटक सङ्ग्रह, बाँसुरी (२०७२) कविता सङ्ग्रह, मामाघर पोखरा (२०७७) बाल यात्राकाव्य प्रकाशित छन् ।

    नेपाली साहित्यमा याेगदान पुर्‍याए बापत डा.के.सी. पशुपति स्रष्टा सम्मान (२०६७), बि.डी. त्यागी हीरक जयन्ती सम्मान (२०७१) र थुप्रौ संघसंस्थाबाट सम्मानित भएका छन् ।

    पशुपति बहुमुखी क्याम्पस चाबहिल, काठमाडौंमा अध्यापनरत डा.के.सीले केही दिनअघि बालकाव्य आमा (२०७९) प्रकाशनमा ल्याएका छन् ।

    शब्दार्थ प्रकाशनबाट प्रकाशित बालकाव्य आमा डा.के.सी.ले बालबालिकाका लागि तयार पारेका हुन् । काव्यमा बाललबालिका सडकमा पुग्नुपरेको समस्यालाई विषय बनाइएको छ ।

    शहरमा मानवता कमजोर हुँदै गएको र संवेदनहीनता बढेको काव्यको सन्देश हाे । भौतिक सुखसुविधा र वैज्ञानिक आविष्कारले मान्छे यन्त्रवत बन्दै गइरहेको वर्तमान यथार्थतालाई डा.के.सीले काव्यमा दर्शाएका छन्  ।

    मातृविहीन बालकको कारुणिक कथालाई गीति लयमा लेखिएको काव्य आमाले बालबालिकाले मन पराउने काव्यकार डा.के.सी.को विश्वास छ ।

    ३७ पृष्ठकाे बालकाव्यमा ११ वटा शीर्षक छन् । काव्यकाे मूल्य रू २०० राखिएकाे छ ।     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology