Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

आगलागी हुँदा तीन लाखको सामान नष्ट

आगलागी हुँदा तीन लाखको सामान नष्ट

  • 368
    SHARES
  • आगलागी हुँदा तीन लाखको सामान नष्ट

    तनहुँ । व्यास नगरपालिका-२ भोर्लेटार चोकस्थित अम्बिका पन्थका घरमा गए राति आगलागी हुँदा करिब ३ लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ ।

    विद्युत् सर्ट हुन गई आगलागी हुँदा पसलमा रहेका तरकारी र फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको हो ।

    व्यास नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, स्थानीयवासीको सक्रिय सहभागितामा आगोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

    रातको समयमा आगलागी भएपनि जनशक्ति समयमा जुट्दा अन्य क्षति हुनबाट जोगिएको उनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij