Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अपहरणको आरोपमा प्रहरी जवानसहित दुईजना पक्राउ

अपहरणको आरोपमा प्रहरी जवानसहित दुईजना पक्राउ

  • 419
    SHARES
  • अपहरणको आरोपमा प्रहरी जवानसहित दुईजना पक्राउ

    काठमाडौं । बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।

    धादिङ घर भई बागलुङ नगरपालिका-१ रामरेखा बस्दै आएकी सपना थापाकी ६ वर्षीया छोरी सुहाना तामाङलाई अपहरणको प्रयास गरेको भन्दै प्रहरी जवान शंकर आचार्य र जैमिनी नगरपालिका-७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई प्रहरीले आज  नियन्त्रणमा लिएको हो ।

    बागलुङ नगरपालिका वडानम्बर २ हल्लनचोकमा रहेकी सुहानालाई जबर्जस्ती गाडीमा राखेर प्रहरी जवान आचार्य र ती महिलाले बुद्ध विहारतिर लगेका थिए ।

    प्रहरी नियन्त्रणमा रहेका आचार्य र केसीले बालिका भएको स्थानमा पुगेका स्थानीयलाई तथानाम गाली गरेको प्रत्यक्षदर्शी रुद्र महतले बताए ।

    बालिकाकी आमा सपना थापाले प्रहरीबाटै नागरिक सुरक्षित नभएको बताइन् ।

    उनले आफू कार्यालयमै रहेको र श्रीमान् तरकारी लिन गएको समयमा प्रहरी र महिला मिलेर आफ्नो छोरी अपहरण गर्न खोजेको बालिकाकी आमा सपना थापाको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij