वेबटिभी खबर
बैतडी । बैतडीमा एक जोडी युवायुवती मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका-५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक रहेको बैतडीका प्रहरी प्रमुख नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
उनीहरू दुवै जना चिउरीको रूखको एकै हाँगोमा झुण्डिएका अवस्थामा फेला परेका हुन् । मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।
मृतक दुवैजना अविवाहित रहेको र प्रेम सम्बन्धमा रहेको हुन सक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij