वेबटिभी खबर
बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिकाले पहिलो पटक भिडियो एक्स-रे र इसिजी सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सबै वडाका सर्वसाधारणलाई पायक पर्ने गरी ग्वालीचौर स्वास्थ्यचौकीमा भिडियो एक्स-रे र इसिजी सेवा सञ्चालनमा ल्याएको हो ।
यसअघि बडिगाडका कुनै पनि स्वास्थ्य संस्थामा यो सुविधा उपलब्ध थिएन । गाउँपालिकाले सःशुल्क फार्मेसी सेवासमेत सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए ।
‘गर्भवतीका लागि भिडियो एक्सरे कै लागि टाढा-टाढा धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छौं’, भण्डारीले भने, ‘सःशुल्क फार्मेसीबाट सरकारी स्वास्थ्य संस्थामा पाइनेबाहेकका औषधि नजिकैबाट बिरामीले पाउने छन् ।’
उनका अनुसार औषधिमा गाउँपालिकाले सहुलियत दिनेछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकामा देखिने कुपोषणको समस्या समाधान तथा उपचारसमेत स्वास्थ्यचौकीबाट सुरु भएको भण्डारीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij