Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

वातावरणमैत्री साइकल र्‍याली

वातावरणमैत्री साइकल र्‍याली

  • 384
    SHARES
  • वातावरणमैत्री साइकल र्‍याली

    काठमाडौं । हरितालिका तीज पर्वको अवसरमा राजधानीमा वातावरणमैत्री साइकल र्‍याली आयोजना गरिएको छ ।

    महिला सशक्तिकरण तथा वातावरण सम्बर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले ‘सपोर्ट फर डेभलपमेन्ट’को सहयोगमा जनसंख्या, महिला तथा वातावरणीय विकास संस्था र महिलाको पहुँच अनुसन्धान केन्द्र नेपालको संयुक्त आयोजनामा वसन्तपुरमा उक्त र्‍याली आयोजना गरिएको हो ।

    र्‍याली वसन्तपुर, न्युरोड, रत्नपार्क, भृकुटीमण्डप, सिंहदरबार, भद्रकाली, शान्तिबाटिका हुदै पुनः वसन्तपुर पुगेर टुंगिएको थियो । ‘गाउँदेखि शहर, महिला साइकलको लहर’, ‘साइकल चढौँ, खर्च बचाउँ,’ ‘महिलाको हात साइकलको साथ’, ‘साइकलको यात्रा महिला स्वतन्त्रता’लगायत नाराका विभिन्न प्लेकार्ड र ब्यानरसहित र्‍याली निकालिएको थियो ।

    र्‍यालीमा महिला नेतृ हिशिला यमी, विभिन्न सामाजिक अभियन्तालगायतको उपस्थिति थियो । महिलाको सहभागिता बढाउनुका साथै वातावरण संरक्षण र विकासमा महिला तथा पुरुष दुवैको समान र सक्रिय सहभागिता बढाउने र्‍यालीको उद्देश्य रहेको आयोजक विकास संस्थाका उपाध्यक्ष जगन्नाथ अधिकारीले बताए ।

    उनले र्‍यालीमा लैंगिक समानता र वातावरणको संरक्षण तथा विकासबीच समानरूपमा सम्बन्ध रहेको उल्लेख गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij