वेबटिभी खबर
काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ ।
उपसभामुख गौतमकी आमा ९१ वर्षीया शारदा गौतमको शनिबार बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो ।
दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय कांग्रेसकी संस्थापकमध्येका एक बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij