Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लागूऔषधसहित दुईजना पक्राउ

लागूऔषधसहित दुईजना पक्राउ

  • 339
    SHARES
  • लागूऔषधसहित दुईजना पक्राउ

    काठमाडौं । बाराको कलैया उपमहानगरपालिका-२० बाट दुईजना भारतीय नागरिक लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरी चौकी बसन्तपुरले गण्डक नहर चोकबाट शनिबार उनीहरूलाई पक्राउ गरेको हो ।

    भरतको बिहारबाट नेपाल आएको बिआर ३० आर ९३९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना ग्राम पञ्चायत कोरैया-१ का ३२ वर्षीय चन्दन मिश्रा र २ का २५ वर्षीय धर्मजित कुशवाहालाई पक्राउ गरेको छ ।

    प्रहरीले उनीहरूको पिठ्युमा बोक्ने झोलाभित्र लुकाईछिपाई नेपालमा बिक्रीका निम्ति ल्याएको डाइजेपाम, फेनारगन र नुर्फिन ६-६ सय थान र नाइट्राभेट-१० तीन सय थान लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    लागूऔषध फेला परेपश्चात उनीहरू सवार मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय बारा ल्याइएको छ ।

    खुल्ला सीमाका कारण बारा लागूऔषध कारोबारीहरूका लागि मुख्य ट्रान्जिट बन्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij