Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

भ्रष्टाचारी दण्डित भएको हेर्न चाहनुहुन्छ भने राप्रपा नेपाल रोज्नुहोस् : कमल थापा

भ्रष्टाचारी दण्डित भएको हेर्न चाहनुहुन्छ भने राप्रपा नेपाल रोज्नुहोस् : कमल थापा

  • 571
    SHARES
  • भ्रष्टाचारी दण्डित भएको हेर्न चाहनुहुन्छ भने राप्रपा नेपाल रोज्नुहोस् : कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विगतका गल्ती त्रुटि नदोहोर्याउने भन्दै भ्रष्टाचारी दण्डित भएको हेर्न चाहना राख्ने जनताले आगामी निर्वाचनमा राप्रपा नेपाललाई रोज्न आग्रह गरेका छन् ।

    ललितपुरको जावलाखेलमा पार्टीद्वारा शनिबार आयोजित कार्यक्रममा थापाले बेरोजगारी, महंगी, धर्म परिवर्तन, कुशासनको अन्त्य गर्न र जनताले अनुभुती गर्ने परिवर्तनको निम्ति विकल्पमा जानु पर्ने बताए ।

    वैकल्पिक शक्ति राप्रपा नेपाल मात्रै भएको  दाबी गर्दै थापाले वैदेशिक हस्तक्षेपको अन्त्य गर्नको निमित्त राष्ट्रवादी शक्ति राप्रपा नेपाल बलियो हुनुपर्नेमा जोड दिए ।

    नेपाली जनताले खोजेको परिवर्तन, विकास र समृद्धिको चाहना र सपना पूरा हुन नसकेको भन्दै ठुला दलहरू आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएकोले मुलुकको स्वाभिमान समेत कमजोर भएको तर्क गरे ।

    कार्यक्रममा पार्टीका उपाध्यक्ष श्याम तिमल्सिनाले आगामी चुनावमा राप्रपा नेपालले ललितपुरबाट राम्रो जनमत प्राप्त गर्ने बताए । उनले राप्रपा नेपाललाई विश्वास गर्न ललितपुरे जनता समक्ष आग्रह गरे ।

    कार्यक्रम सुरु हुनुअघि लगनखेल बसपार्कबाट नारासहित जुलुस प्रदर्शन गरिएको थियो । जुलुसको नेतृत्व पार्टी अध्यक्ष कमल थापाले गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij