वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको पार्थिव शरीर कांग्रेस पार्टी मुख्यालय सानेपामा राखिएको छ ।
गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधामन्त्रीदेखि मन्त्री र विभिन्न पार्टीका नेताहरू सानेपा पुगेका छन् । उनीहरूले नेता गिरिले नेपाली राजनीतिमा पुर्याएको योगदानको चर्चा गर्दै स्मरण गरेका छन् ।
सभामुख अग्नि सापकोटा, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू पम्फा भुसाल, मेटमणि चोधरी, नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई, माधव नेपाल, महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, हिसिला यमी, रामचन्द्र पौडेललगायत दर्जनौं नेताहरूले श्रद्धाञ्जली दिएका छन् ।
कांग्रेस मुख्यालयमा ठूलो संख्यामा कार्यकर्ताहरू पनि अन्तिम श्रद्धाञ्जली दिन पुगेका छन् ।




Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij