Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

प्रदीप गिरि कार्यकारी पदमा रुचि नदेखाउने सम्मानित नेता : एमाले नेता भीम रावल

प्रदीप गिरि कार्यकारी पदमा रुचि नदेखाउने सम्मानित नेता : एमाले नेता भीम रावल

  • 809
    SHARES
  • प्रदीप गिरि कार्यकारी पदमा रुचि नदेखाउने सम्मानित नेता : एमाले नेता भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कार्यकारी पदमा नपुगे पनि राजनीतिमा सम्मानित हुन सकिने उदाहरण स्वर्गीय प्रदीप गिरिले देखाएको बताएका छन् ।

    गिरिलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसको मुख्यालय सानेपा पुगेका रावलले लोकतन्त्रको लागि निरन्तर लडेको र लामो समय राजनीतिमा समर्पित भए पनि कार्यकारी पदमा गिरिले कहिल्यै चाहना नदेखाएको स्मरण गरे ।

    उनले गिरिलाई बौद्धिक, लोकतन्त्रका लागि लडेको र सादा जीवनमा रमाएको नेता भएको बताए । ‘लामो राजनीतिक यात्रामा उहाँले कहिल्यै कार्यकारी पदको चाहना गरेको देखिएन,’ रावलले भने, ‘कार्यकारी पद नभए पनि मानिस सम्मानित हुनसक्छ भने उदाहरण उहाँले देखाउनु भयो ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij