वेबटिभी खबर
काठमाडौं । पश्चिम मकवानपुरको कैलाश गाउँपालिकामा खोला तर्ने क्रममा एकजना महिलाको मृत्यु भएको छ ।
तीन जना महिला बगाएकोमा एक महिला बेपत्ता छिन् । एकजना भने खोलाबाट निस्कन सफल भएकी छन् ।
कैलाश गाउँपालिका-१० स्थित धाँदरबाट नाम्सेदुङ जाने क्रममा मनहरी खोला तर्ने क्रममा विमला सुनार, माइलीमाया रूम्बा र सन्तमाया प्रजालाई खोलाले बगाएको हो ।
बगाएकोमध्ये सुनार पौडीएर निस्कन सफल भएकी हुन् ।
प्रजाको शव भेटिएको छ । खोलाले बगाएकी रुम्बा अझै बेपत्ता छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij