Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

१२ केजी गाँजासहित दुईजना पक्राउ

१२ केजी गाँजासहित दुईजना पक्राउ

  • 308
    SHARES
  • १२ केजी गाँजासहित दुईजना पक्राउ

    काठमाडौं । जितपुरसिमरा उपमहानगरपालिका-७ टेडा रोड जाने बाटोबाट करिब १२ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१२ बस्ने २६ वर्षीय राम कुमार प्रजा र १८ वर्षीय किशोर रहेका छन् । उनीहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका उनीहरूलाई जाँच गर्ने क्रममा झोलाभित्र २ वटा पोकामा रहेको उक्त गाँजासहित पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij