Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको फराकिलो जित

एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको फराकिलो जित

  • 349
    SHARES
  • एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको फराकिलो जित

    काठमाडौं । युवा स्टार खेलाडी केलियन एम्बाप्पेको ह्यट्रिक प्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ ।

    आइतबार राति पीएसजीले लिललाई ७-१ अन्तरले पराजित गर्यो । सहज जित निकाल्ने क्रममा एमबाप्पेले ह्याट्रिक गरे भने नेयमारले दुई गोल गरे । 

    यस्तै, लियोनल मेस्सी र आचराफ हाकिमीले एक–एक थपे ।  लिलका जोनाथन बाम्बाले एक गोल फर्काए । पीएसजीले पहिलो मिनेटमै गोल गरेको थियो । एम्बाप्पेले एक मिनेट हुन नपाउँदै सुरुवाती अग्रता दिलाएका थिए । पीएसजीले पहिलो हाफमा चार गोल गरेको थियो ।

    लगातार तेस्रो जितसंगै पीएसजीले ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा छ । लिल ४ अंक जोडेर १२ औं स्थानमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij