Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रदीप गिरिको निधनप्रति संसदद्वारा शोक प्रस्ताव पारित

प्रदीप गिरिको निधनप्रति संसदद्वारा शोक प्रस्ताव पारित

  • 359
    SHARES
  • प्रदीप गिरिको निधनप्रति संसदद्वारा शोक प्रस्ताव पारित

    काठमाडौं । प्रतिनिधिसभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।

    २०५१ को संसदीय चुनावमा सिरहा-५ बाट निर्वाचित भएका गिरि २०६२/०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिरहा-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

    घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरिको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

    सभामुख अग्निप्रसाद सापकोटाले राखेको गिरिको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो ।

    प्रतिनिधिसभाको अर्को बैठक ७ भदौ मंगलबार १० बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए । 
     

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij