वेबटिभी खबर
काठमाडौं । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका भित्र रहेका अपांगता भएका मानिसलाई परिचयपत्र वितरण गरिएको छ ।
स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चार प्रकार क, ख, ग, घ मा वर्गीकरण गरि अपांगता परिचयपत्र वितरण गरेको नगर उपप्रमुख एवं अपांगता परिचयपत्र वितरण समन्वय समितिको संयोजक उमा अधिकारीले बताइन् ।
उनले भनिन्, ‘शारीरिक रुपमा अशक्त भएपनि राज्य वा अन्य कुनै निकायबाट सेवा सुविधा प्राप्तिका लागि उनीहरूसँग कुनै आधार थिएन् । वितरण गरिएको परिचयपत्रले उनीहरूलाई सहज हुने विश्वास लिएका छौँ ।’
अपांगता परिचय पत्रका लागि उनीहरूले अपांगता परिचयपत्र वितरण समन्वय समितिमा निवेदन दिएपश्चात चिकित्सक समेत रहेको समितिले परिचय पत्रका लागि सिफारिस गर्ने गरेको छ ।
सिफारिसपश्चात् फोटोसहितको परिचयपत्र नगरपालिका कार्यालयले वितरण गर्ने गरेको उनले बताइन । समितिका सदस्य सचिव विवेककुमार खनालका अनुसार अपाङ्गता परिचय पत्रका लागि समितिमा ३८ वटा निवेदन परेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij