Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

चितवनमा सवारीसाधन तोडफोड गर्ने पाँच जना पक्राउ

चितवनमा सवारीसाधन तोडफोड गर्ने पाँच जना पक्राउ

  • 329
    SHARES
  • चितवनमा सवारीसाधन तोडफोड गर्ने पाँच जना पक्राउ

    चितवन । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले छ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने पाँच जना बन्दकर्ता पक्राउ परेका छन्।

    चितवन प्रहरीका अनुसार बन्दकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरेका हुन् ।

    चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij