Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बेपत्ता र सत्य निरूपण आयोग विधेयक संसदमा पेस

बेपत्ता र सत्य निरूपण आयोग विधेयक संसदमा पेस

  • 394
    SHARES
  • बेपत्ता र सत्य निरूपण आयोग विधेयक संसदमा पेस

    काठमाडौं । संसदमा  ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक-२०७९’ प्रस्तुत गरिएको छ ।

    प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानुन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।

    दुवै आयोगको कार्यावधि सकिन लागेको बेला सरकारले उक्त विधेयक संसदमा प्रस्तुत गरेको हो ।

    उक्त विधेयक प्रस्तुत गर्नुअघि बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक-२०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई अस्वीकृत गरेको थियो ।

    प्रतिनिधिसभाको अर्को बैठक १३ भदौ सोमबार बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij