वेबटिभी खबर
काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बिहान १० बजे आइपीओ बाँडफाँट हुनेछ ।
यो लघुवित्तको आईपीओको प्रि-अलटमेन्टको काम भने आइतबार नै सकिएको थियो । धौलागिरी लघुवित्तले गत २४-२९ साउनसम्म आईपीओ बिक्री गरेको थियो ।
संस्थाले १०० रूपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो ।
बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् । निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् ।
धौलागिरी लघुवित्तको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । गोलाप्रथाबाट भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन ।
तिनै भाग्यमानीमध्ये थप ५ जनाले एक-एक कित्ता सेयर पाउनेछन् । यो आईपीओमा १९ लाखबढी आवेदकबाट हात खाली हुने देखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij