Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

रूपन्देहीमा बन्दको आंशिक प्रभाव

रूपन्देहीमा बन्दको आंशिक प्रभाव

  • 433
    SHARES
  • रूपन्देहीमा बन्दको आंशिक प्रभाव

    काठमाडौं । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको रूपन्देहीमा आंशिक प्रभाव परेको छ ।

    सरकारसँगको तीन बुँदे राजनीतिक सहमति विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेको, एमसीसी, भ्रष्टाचार र महँगीको विरोधमा नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव रूपन्देहीमा आंशिक परेको छ ।

    कार्यकर्ताबाहिर नदेखिए पनि सडकमा बिहानैदेखि सवारीसाधन निकै पातोलो चलेका थिए । विहान संचालन हुने कलेज, विद्यालय बन्द हुनुका साथै सार्वजनिक यातायातका सधान पनि न्यून थिए ।

    दिउँसो पनि निजी सवारीसाधन,मोटसाइकल, गाडी फाटफुट चलेका छन् । रूपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले अहिलेसम्म अप्रिय घटना नभएको र बन्दकर्ता पनि सडकमा नदेखिएको बताए ।

    उनका अनुसार सैनामैनामा नगरपालिकालिकामा शंकास्पद बस्तु फेला परेको छ । सैनामैना पालिका-११ स्थित कोठी जंगल क्षेत्रअन्तर्गत पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको उनको भनाइ छ ।

    रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको एसपी रेग्मीले बताए । उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने एकिन भएको छैन । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई यसबारे जानकारी गराएको उनको भनाइ छ ।

    भैरहवाको मिलनचोक, देवकोटा चोक, बुद्धचोक सधैँजसो व्यस्त हुने ठाउँ पनि सुनसान छन् । प्रहरीले समेत सुरक्षा कडा पारेको छ । भित्री सडकहरुमा सवारीसाधन चलेका छन् भने पसलहरू पूर्णरुपमा खुलेका छन् ।

    विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले संयुक्त विज्ञप्ति निकालेर आज नेपाल बन्दको आह्वान गरेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij