वेबटिभी खबर
काठमाडौं । बलिउड बीग बी अमिताभ बच्चन दोस्रो पटक कोरोना संक्रमित भएका छन् । उनले ट्वीटर एकाउन्ट मार्फत आफू संक्रमित बनेको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘मलाई केही समय अघि कोरोना पोजेटिभ देखिएको छ । जो जतिपनि व्यक्ति मेरो सम्पर्कमा आउनुभएको थियो कृपया सबैले आफ्नो जाँच गराउनु होला ।’
पछिल्लो सयम अमिताभ बच्चनले कौन बनेगा करोडपति १४औँ सिजन होस्ट गरिरहेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij