Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बाँकेमा मिटरब्याजीविरूद्ध उजुरी दर्ता

बाँकेमा मिटरब्याजीविरूद्ध उजुरी दर्ता

  • 360
    SHARES
  • बाँकेमा मिटरब्याजीविरूद्ध उजुरी दर्ता

    बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरूद्ध उजुरी दिएका छन् ।

    सरकारले मिटरब्याजीविरूद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए ।

    ‘उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौं’, उनले भने । प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन् ।

    मिटरब्याजीले थोरै पैसा लगानी गरेर १० लाखदेखि २० लाखसम्मको कागज गरेको उजुरीमा उल्लेख छ । अधिकृत सोनकरका अनुसार मिटरब्याजी विरूद्ध उजुरी आउने क्रम जारी छ ।

    उजुरीबारे गृह मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए । कतिपय मिटरब्याजीविरूद्ध अदालतमा समेत मुद्दा चलेको छ ।

    मिटरब्याजीले निरक्षर तथा आर्थिकरूपले कमजोर रहेकामाथि शोषण गरेकाले कयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij