Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पर्यटकीय घलेगाउँ सुनसान

पर्यटकीय घलेगाउँ सुनसान

  • 391
    SHARES
  • पर्यटकीय घलेगाउँ सुनसान

    काठमाडौं । बर्खाका कारण लमजुङका पर्यटकीय गाउँहरू सुनसान बनेका छन् । पर्यटकीय गन्तव्यका लागि चिनिएको घलेगाउँमा दुई महिनाअघि प्रतिदिन दुई सय हाराहारीमा पर्यटक आउँथे ।

    तर हिजोआज भने दिनको दुईजना पर्यटक पनि मुस्किलले आउँछन् । ४४ घर होमस्टे भएको घलेगाउँवासी अहिले कामविहीन बनेका छन् ।

    असारको दोस्रो साताबाट भने पर्यटक आउनै छाडेको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घलेले बताए ।

    भदौ अन्तिमबाट पर्यटक बढ्ने उनको दाबी छ । घलेगाउँमा ४४ होमस्टे छन् । जसमा तीन सयभन्दा बढी पर्यटक अटाउँछन् ।

    यसअघि पनि असार, साउन र भदौमा खासै पर्यटक नआउने पर्यटन समितिका सचिव उमलबहादुर विकको भनाइ छ ।

    पर्यटकले आउन चाहना गरे पनि बाटोले समस्या बनाएको पर्यटन व्यवस्थापन समिति भुजुङका अध्यक्ष तुलबहादुर गुरूङले बताए ।

    घलेगाउँसँगै भुजुङ, काउलेपानी र राइनासकोटमा पनि यति बेला पर्यटक आएका छैनन् ।

    लमजुङका अन्य ठाउँका होमस्टेमा पनि अहिले पर्यटकको चहलपहल छैन ।

    खासुर, घनपोखरा, सिउरूङ, घेर्मु रकडार्गेन, पसगाउँ, तुर्लुङकोट, भुस्मेलगायत गाउँ पनि सुनसान छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij