वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह 'बालेन'को प्रशंसा गरेका छन् ।
काठमाडौं महानगरपालिका भित्र बनेका अवैध घर टहरा भत्काउन साह सक्रिय भएपछि थापाले उनको प्रशंसा गरेका हुन् ।
‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन्द्र साहको प्रयास प्रशंसनीय छ,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
साहको कार्यले तत्काल केही असुविधा भएपनि दीर्घकालमा सबैलाई फाइदा हुने उनले बताएका छन् ।
‘तत्काल केही असुविधा भएपनि यसले दीर्घकालमा सबैलाई फाइदा हुन्छ । यस कार्यमा सबैले सहयोग गरौं,’ थापाले भनेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij