काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसको अवलोकन गर्ने क्रममा भवनको नक्साको विषयलाई लिएर कम्प्लेक्सका सञ्चालक द्विराज शर्मासँग झोक्किएका छन् ।
कम्प्लेक्सको अन्डरग्राउन्डमा व्यवसाय सञ्चालन गरेका घरबेटीलाई उक्त व्यवसाय गरिरहेको ठाउँ खाली गर्नका लागि आग्रह गर्दा सञ्चालक शर्मा नमानेपछि मेयर साह झोक्किएका हुन् ।
घरबेटीले संरचना हटाउनका लागि आफूलाई नगरपालिकाबाट कुनै सूचना नआएको र थाहा नभएको भन्दै अनभिज्ञता प्रकट गर्दै सञ्चालकले कम्प्लेक्सको नक्सा अहिले आफूसँग नभएको भन्दै मेयर साहसँग हुनुपर्ने भनेपछि उनी झोक्किएका थिए ।
त्यसबेला साहले झोक्किँदै ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग’ भन्दै कराएका थिए । त्यसपछि ती घरबेटीले मेयर साहलाई जनप्रतिनिधि भएर थर्काएको भन्दै आरोप लगाएपछि उनी शान्त भएका थिए ।
महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किएका साहले पार्किङका लागि बनाइएको बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको पाएपछि हटाउन त्यसलाई हटाउनसमेत निर्देशन दिएका छन् ।
भिडियाे यस्ताे छ
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology