वेबटिभी खबर
काठमाडौं । झापा, दाङ र मकवानपुरमा अवैध लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको भद्रपुर नगरपालिका-५ मेचीपुलबाट १ ग्राम २२० मिलिग्राम ब्राउनसुगरसहित अर्जुनधारा नगरपालिका-११ सालबारी बस्ने २४ वर्षीय आकाश गिरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.३-०२-०१३ प ४७४३ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा चालक गिरीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका-६ बाट २२० मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके कोहलपुर उपमहानगरपालिका-५ घर भएका २९ वर्षीय मानबहादुर गन्दर्भ छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै थप सोधुपछ गर्ने क्रममा उक्त लागूऔषध सोही ठाउँ बस्ने ३० वर्षीय अनिल बिकसँग खरिद गरि ल्याएको भन्ने खुल्न आएपछि अनिललाई समेत प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका-२ भैसेबाट २५६ केजी २८ ग्राम गाँजासहित भिमफेदी गाउँपालिका-९ महभिर बस्ने ३५ वर्षीय प्रकाश लामालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ३९८७ नम्बरको आईचर ट्रक जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक लामालाई पक्राउ गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij