वेबटिभी खबर
नयाँ दिल्ली । भारतीय चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवलाई अस्पताल भर्ना गरिएको १५ दिनपछि होस आएको छ ।
बिहीबार बिहान उनलाई होस आएको उनका साला आशिष श्रीवास्तवले जानकारी दिएका छन् ।
राजुले इसारामा आफूलाई उपचार गर्ने चिकित्सकसँग कुरा गरेको परिवारले जनाएको छ ।
दिल्लीमा राजनीतिक भेटघाटका लागि गएका बेला जिम हलमा कसरत गरिरहँदा उनलाई ह्रदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो ।
राजुकी छोरी अन्तराले बुबाको स्वास्थ्य विस्तारै सुधार भइरहेको जानकारी दिएकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij