Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अज्ञात रोगका कारण हुम्लामा पशु मरे

अज्ञात रोगका कारण हुम्लामा पशु मरे

  • 349
    SHARES
  • अज्ञात रोगका कारण हुम्लामा पशु मरे

    हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० वटा पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् ।

    यति धेरै संख्यामा पशु मर्दा पनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बेखबर रहेको स्थानीयको आरोप छ । खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउने जस्ता लक्षण देखिएको छ ।

    हालसम्म ६० पशु मरिसकेको ताँजाकोट-२ का धनबहादुर रोकायाले बताए । अज्ञात रोगले वडा नं-१ र २ का खर्कमा दैनिकजसो पशु मर्न थालेका छन् । गाउँपालिकाले पठाएका कर्मचारी औषधि अभाव भएको भन्दै फिर्ता भएका छन् ।

    पुनः औषधि बोकेर खर्कमा नजाँदा उक्त समस्या आएको ताँजाकोट-१ का दलबहादुर खड्काले गुनासो गरे । ‘पशु मरेर सकिन थालिसके, खर्कबाट खाली हात घर जानुपर्ने भइसक्यो तर कर्मचारी र जनप्रतिनिधिको ध्यान पुगेको छैन’, उनले भने ।

    ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले भने खोप लगाउने काम भइरहेको बताए ।

  • सम्बन्धित विषय:

  • # पशु
  • # रोग

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij