Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नहरमा बालिका मृत फेला

नहरमा बालिका मृत फेला

  • 364
    SHARES
  • नहरमा बालिका मृत फेला

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुषी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छिन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरिले बिहीबारदेखि हराइरहेकी बालिका शुक्रबार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृतावस्थामा भेटिएको बताए ।

    ‘हराइरहेकी बालिकाको शव स्थानीयवासीको सहयोगमा आज बिहान प्रहरीले फेला पारेको हो,’ उनले भने,‘अहिले घटनास्थल मुचुल्का संकलन गरेर शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाएका छौँ ।’

    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । सांकेतिक तस्बिर 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij