Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

शिक्षा मन्त्रालय र आन्दोलनरत विद्यालय कर्मचारीबीच वार्ता जारी

शिक्षा मन्त्रालय र आन्दोलनरत विद्यालय कर्मचारीबीच वार्ता जारी

  • 13.6K
    SHARES
  • शिक्षा मन्त्रालय र आन्दोलनरत विद्यालय कर्मचारीबीच वार्ता जारी

    काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत विद्यालय कर्मचारीबीच वार्ता जारी रहेको शिक्षामन्त्री देवेन्द्र पौडेलका प्रेस संयोजक बिमल खड्काले जनाएका छन् । वार्तामा नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी, नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत छन् । संयाेजक खड्काका अनुसार सहमतिकाे प्रयास गरिएकाे छ । 

    images

    विद्यालय कर्मचारी परिषद्का अध्यक्ष तिवारीले भने– शिक्षा मन्त्रालयले औपचारिक पत्र काटेर वार्तामा बोलाउनुपर्छ  विद्यालय कर्मचारी परिषद्का अध्यक्ष तिवारीले भने– शिक्षा मन्त्रालयले औपचारिक पत्र काटेर वार्तामा बोलाउनुपर्छ 

    मागहरू

    १. पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नुपर्ने 

    क. विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रू. ३४ हजार ७३० प्लस २ हजार जम्मा ३६ हजार ७३० । 

    ख. विद्यालय सहयोगीका लागि रू.२४ हजार २१० प्लस २ हजार जम्मा २६ हजार २१० ।

    ग. ६० वर्षको उमेर हदका कारण अवकाश गरिएका विद्यालय कर्मचारीका लागि नेपाल सरकारले तत्काल कार्यविधिमार्फत सम्पूर्ण सेवा सुविधाको प्रबन्ध गरोस् ।

    २. संघीय शिक्षा ऐन/शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गरिनुपर्ने ।

    क. सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरि एक पटकका लागि प्रक्रिया पुयाई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने ।

    ख. संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरूलाई एक पटकका लागि उमेरहद नलाग्ने प्रबन्ध गर्नुपर्ने ।

    ग. ६० वर्ष उमेर पुगेका अवकाश भइसकेका विद्यालय कर्मचारीलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई ससम्मान अवकाशको व्यवस्था गर्नुपर्ने ।

    घ. विद्यालय कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन बिदा, सन्तति वृत्ति आदिको प्रबन्ध गरिनुपर्ने ।

    ङ. विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटक–पटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने ।

    सरकारले माथि उल्लेखित माग कार्यान्वयन गर्नुपर्ने भन्दै विद्यालय कर्मचारी भदौ १ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

    karma.jpg
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology