वेबटिभी खबर
काठमाडौं । सर्लाहीको दक्षिणी क्षेत्र गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा चार जनाको समुहमा रहेका नकाबधारी समूहले हतियार देखाएर लुटपाट गरेको छ ।
शुक्रबार बिहान सर्लाहीको गोडैता नगरपालिका-८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट भएको हो ।
चार जनाको समुहमा रहेका नकाबधारी समूहले हतियार देखाएर आईएमईबाट ८ लाखभन्दा बढी रकम लुटपाट गरेको प्रहरीले जनाएको छ ।
लुटेरा समूह रकम लुटेर तत्काल फरार भएको स्थानीयले बताए । घटना स्थलबाट दुई सय मिटरको दुरीमा प्रहरीचौकी रहेको छ ।
लुटेरा समूहले आईएमईबाट एक थान कम्प्युटरसहित नगद ८ लाख ५० हजार रूपैयाँ लुटेर लगेको आईएमई संचालकको भनाइ छ ।
बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह आएका र उनीहरूले हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए ।
घटनालगत्तै प्रहरी नायव उपरीक्षकको कमान्डमा त्यस क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विजय यादवको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको हो ।
प्रहरी नायव उपरीक्षक यादवले घटना बारेमा सोधपुछ तथा लुटेरा समूहको पहिचानको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij