Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

द कपिल शर्मा साेकाे प्रशारण जुनसम्म बन्द 

द कपिल शर्मा साेकाे प्रशारण जुनसम्म बन्द 

  • 807
    SHARES
  • द कपिल शर्मा साेकाे प्रशारण जुनसम्म बन्द 

    मुम्बई । जनवरीको अन्तिम सातादेखि अफएयर भएको द कपिल शर्मा साे मे महिनादेखि सुरु हुने भनिएको थियो तर अब यो योजना स्थगित भएको छ ।

    images

    निर्माण समूहसँग सम्बन्धित एक सुत्रका अनुसार च्यानलले जुन महिनासम्मका लागि साे प्रशारण नहुने गरी स्थगित गरेको छ । बलिउडका कलाकार उपलब्ध नभएपछि जनवरीबाट शो प्रशारण गरिएको छैन ।

    थिएटर र सिनेमा हलमा फिल्म रिलिज नहुँदा बलिउडका अभिनेता अभिनेत्री साेमा नआउने भएपछि अफ एयर गरिएको हो । द कपिल शर्मा साेमा रिलिज हुन लागेको फिल्मका कलाकारहरु प्रमोशनका लागि साेमा सहभागी हुने गर्छन् । 

    केही सातासम्म वेभ सिरिज एवं टिभी कलाकारको उपस्थितिमा साे गरिए पनि यसको टिआरपी अपेक्षा अनुरुपको हुन सकेन । यही कारण साेका निर्माताहरु केही समय ब्रेक लिएर मे महिनादेखि सुरु गर्ने निर्णयमा पुगेका थिए । तर कोरोना भाइरसको दोस्रो लहरका कारण फिल्महरु हलमा प्रदर्शन हुने अवस्था नभएपछि जुन महिनासम्म स्थगित गरिएको हो ।  

    स्रोतका अनुसार कोभिड महामारीको कारण देशभरको अवस्था बिग्रिएकाले यस परिस्थितिमा कलाकारहरू आउन सम्भव छैन । मे सम्ममा कोभिड नियन्त्रण हुने आशा गरिएको थियो तर त्यस्तो भएन । जसका कारण प्रशारण बन्द गर्नुपर्यो । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology