Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दश वर्षमा बन्यो वडा कार्यालयको भवन 

दश वर्षमा बन्यो वडा कार्यालयको भवन 

  • 335
    SHARES
  • दश वर्षमा बन्यो वडा कार्यालयको भवन 

    कास्की । अन्नपूर्ण गाउँपालिका-५ शिखमा सुरु भएको दश वर्षमा भवन निर्माण सकिएको छ । तत्कालीन जिल्ला विकास समितिले थालेको गाउँ विकास समिति हालको वडा कार्यालय भवन निर्माण पुरा हुन दश वर्ष लागेको हो ।

    जिविसले २०६९ देखि एक तलाको चार कोठे भवन निर्माण सुरु गरेको थियो । अलपत्र परेको भवन निर्माणलाई पूर्णता दिएर यसै हप्तादेखि कार्यालय सञ्चालन गरिएको अन्नपूर्ण-५ का वडाध्यक्ष राजेश तिलिजाले बताए ।

    ‘गाविस हुँदै सुरु भएको भवन निर्माणको काम अलपत्र परेको थियो’, उनले भने, ‘पहिलो कार्य कालमा निर्माणलाई पूर्णता दियौं, दोस्रो कार्यकालमा प्रयोगमा आएको छ ।’ चुहिने समस्या रहेको भवनमा ढलान र जस्तापाताले छाएर एक तला थपिएको छ ।

    गत आर्थिक वर्षमा तीन लाख विनियोजन भएको थियो । यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समितिको एक कोठामा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो ।

    सभाहल र कर्मचारीका लागि आवास सुविधासहितको नयाँ भवन निर्माण भएपछि कार्यालय सञ्चालन, तालिम, बैठक सञ्चालन गर्न र सेवाग्राहीलाई सहज भएको छ । पन्ध्र महिनामा सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा २०६९ देखि भवन निर्माण सुरु भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij