Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

शब्दार्थ प्रकाशन १८औँ वर्षमा प्रवेश : ८ पुस्तक लोकार्पण, स्रष्टाहरू सम्मानित [तस्बिरहरू पनि]

शब्दार्थ प्रकाशन १८औँ वर्षमा प्रवेश : ८ पुस्तक लोकार्पण, स्रष्टाहरू सम्मानित [तस्बिरहरू पनि]

  • 699
    SHARES
  • शब्दार्थ प्रकाशन १८औँ वर्षमा प्रवेश : ८ पुस्तक लोकार्पण, स्रष्टाहरू सम्मानित [तस्बिरहरू पनि]

    काठमाडौं । शब्दार्थ प्रकाशन १८औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ‘आफ्नो पुस्तक आफैं लोकार्पण’ भन्ने अभिव्यक्तिको साथ विभिन्न स्रष्टाका एकैपटक ८ पुस्तक वटा लोकार्पण गरे ।

    images

    परिक्रमा समालोचनासङ्ग्रह (उत्तमकृष्ण मजगैयाँ), स्मृति र अनुभूति संस्मरणसङ्ग्रह (उत्तमकृष्ण मजगैयाँ), अमृत वाणी वाणीसङ्ग्रह (गोकुल खड्का), पुनर्मुषिको भव उपन्यास (गोविन्द घिमिरे ‘वेदमणि’), गजल र बहर गजल सिद्धान्त (डा.घनश्याम न्यौपाने परिश्रमी), ज्याकारान्डाको शहर (लक्ष्मी श्रेष्ठ ‘रेशमी’), एकान्तवास बालकथासङ्ग्रह (सुरेन उप्रेती), हिउँ चुलीको हिउँ बालकवितासङ्ग्रह (हरि कट्टेल) लोकार्पण गरिएको हो ।

    साहित्यकार तिलस्मी प्रभासद्वारा सञ्चालित कवि तथा समालोचक ठाकुर शर्मा भण्डारीको सभापतित्व र साहित्यकार तथा निबन्धकार महेश्वर शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विधा केन्द्रित साहित्यिक पत्रिका वैजयन्तीले हरेक वर्ष प्रकाशित विशेषाङ्कका एक/एक श्रेष्ठ रचनालाई प्रदान गरिँदै आएको वैजयन्ती स्रष्टा सम्मान वर्ष ०७६/०७८ का स्रष्टा साहित्यकार माधव पोखरेल ‘गोज्याङ्ग्रे’, शीतल गिरी, आत्माराम खरेल, दुर्गाकिरण तिवारी, डा.रमेश शुभेच्छु, विनोद नेपाल, सूब सेन, विष्णुप्रसाद शर्मा पराजुली, ज्ञान उदास, डा.विष्णु के.सी., लक्ष्मण अर्याल, प्रह्लाद पोखरेल, हरि पाण्डे ‘पथिक’, बालकृष्ण भट्टराई, जनक वाग्ले, खगेन्द्र खोल्साघरे, रासा, रूद्र ज्ञवाली समेत १८ स्रष्टालाई सम्मान गरियो ।

    उक्त कार्यक्रममा समालोचक तथा वैजयन्तीका सम्पादक ठाकुर शर्मा भण्डारी, निबन्धकार महेश्वर शर्मा तथा वैजयन्ती पत्रिकाका निर्देशक साहित्यकार विनयकुमार शर्मा नेपालले सम्मान तथा कृतिका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

    पुस्तकको बारेमा साहित्यकार डा.रमेश शुभेच्छु, ले प्रकाश पारेका थिए ।

    shabdartha (7).jpg

    shabdartha (6).jpg

    shabdartha (12).jpg

    shabdartha (9).jpg

    shabdartha (4).jpg

    shabdartha (5).jpg

    shabdartha (1).jpg

    shabdartha (2).jpg

    shabdartha (3).jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology