Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

लमजुङ जिल्ला अस्पतालमा डायलाइसिस सेवा सुरु

लमजुङ जिल्ला अस्पतालमा डायलाइसिस सेवा सुरु

  • 425
    SHARES
  • लमजुङ जिल्ला अस्पतालमा डायलाइसिस सेवा सुरु

    काठमाडौं । जिल्ला अस्पताल लमजुङमा गण्डकी प्रदेश सरकारको सहयोगमा डायलाइसिस सेवा सुरु गरिएको छ ।

    दोर्दी गाउँपालिका ८ की ७० वर्षकी महिला अनरुपी गुरूङलाई डायलाइसिस गराई अस्पतालबाट पहिलो पटक सेवा प्रारम्भ गरिएकोे जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

    उनले भने डायलाइसिस सेवालाई प्रभावकारी बनाउन अहिले दैनिक १ जनाबाट सेवा प्रवाह गरीएपनी आगमी केही साताभित्र  दैनिक ८ देखि १० जनासम्मलाई सेवा दिइनेछ । अस्पतालमा जिल्ला अस्पताल लमजुङमा अहिले ६० बेड क्षमता छ ।

    बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नुपरेका कारण उनीहरूलाई सहज बनाउन लमजुङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरिएको गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी बताइन् ।

    जिल्ला अस्पतालबाट ६ वटा डायलाइसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलाइसिस गरिरहेका बिरामी लाभान्वित हुने मन्त्री अधिकारीले बताइन् ।

    हेमोडायलाइसिस र पेरिटोनल डायलाइसिस गरी मृगोला रोगीलाई दुई प्रकारले डायलाइसिस गर्ने गरिन्छ ।

    जिल्ला अस्पताल लमजुङमा थालिएको हेमोडायलाइसिस हो । कुनै पनि रोगका कारण मृगौलामा असर पर्यो भने जिल्ला अस्पतालमा डायलाइसिस गर्न सकिने जिल्ला अस्पताल लमजुङले जनाएको छ ।

    मधुमेह, उच्च रक्तचाप, फोक्सोको समस्या लगायतका रोगका कारण मृगौलामा समस्या देखिएका बिरामीलाई जिल्ला अस्पताल लमजुङमा डायलाइसिस सेवा दिन सकिने अस्पतालका प्रशासन प्रमुख श्रेष्ठको भनाइ छ ।

    अब लमजुङ र मनाङका मृगौलापिडितलाई डायलाइसिस सेवा लिनका लागी बाहीर जिल्ला जानुपर्ने बाध्यता हटेको छ । अब डायलाइसिस गराउनकै लागि काठमाडौं लगायत अन्य ठूला शहर धाउनु पर्ने बाध्यता बिरामी र उनका आफन्तले मुक्ति पाउने भएका छन् ।

    लमजुङमा डायलाइसिस आवश्यक पर्ने ६४ जना बिरामी छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij