Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

वीर अस्पतालको नयाँ भवनमा कोरोना संक्रमितको उपचार हुने 

वीर अस्पतालको नयाँ भवनमा कोरोना संक्रमितको उपचार हुने 

  • 1.2K
    SHARES
  • वीर अस्पतालको नयाँ भवनमा कोरोना संक्रमितको उपचार हुने 

    काठमाडौं । वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना संक्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ । 

    कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो  । नयाँ भवन पााँच सय शैय्याको हुनेछ ।

    कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचङ्गु नारायणमा रहेका संरचनालाई शनिबारसम्म आइसियू शय्यासहितको कोभिड अस्पतालमा रूपान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    शर्मा एण्ड कम्पनीले वीर अस्पतालको अत्याधुनिक भवन निर्माण सम्झौता म्याद सकिनु २ महीनाअघि नै सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij