वेबटिभी खबर
काठमाडौं । दाङमा एकजना १७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
ती बालिकालाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका-५ हुरुम बस्ने २१ वर्षीय एक्कबहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीले ती बालिकालाई ललाई फकाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij