Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मेरो भनाइ : विगत नभुलौं, विद्यालय कर्मचारीलाई सहयोग गरौं

मेरो भनाइ : विगत नभुलौं, विद्यालय कर्मचारीलाई सहयोग गरौं

  • 2.3K
    SHARES
  • मेरो भनाइ : विगत नभुलौं, विद्यालय कर्मचारीलाई सहयोग गरौं

    नेपालमा सबैभन्दा पहिला सुरु भएको दरबार हाइस्कुलमा शिक्षक नियुक्त सँगै कर्मचारी पनि नियुक्त भएका हुन् । विद्यालयमा शैक्षिक  र प्रशासनिक कामकाजहरू हुन्छन् र हुनुपर्छ ।

    images

    शिक्षाको जगलाई मजबुत बनाउन र नियमानुसार सञ्चालन गर्न २०२८ सालमा शिक्षा ऐनको ब्यवस्था गरियो । जसमा विद्यालय कर्मचारीको दरबन्दी सेवा शर्त सुविधा सबै उल्लेख थिए ।

    जब २०३६ सालमा यो ऐन दोस्रो संशोधन भयो त्यतिखेर विद्यालय कर्मचारी सम्बन्धि धारा दफा उपदफा हटाइए । जसको प्राप्तिका लागि हामी २०४७ सालदेखि आन्दोलित छौं ।

    चाहे विद्यालय कर्मचारीसँग होस् चाहे शिक्षक युनियनसँग होस् वा शिक्षक महासंघसँग होस्  धेरैपटक सरकारसँग वार्ता, सहमति सम्झौता भइसकेका छन् । तर बिडम्बना भने आन्दोलन र  सहमति ।

    त्यो कार्यान्वयनका लागि फेरि आन्दोलन फेरि सहमति हुँदै आज सम्ममा ४२ वर्ष बितिसकेको छ । न दरबन्दी न सेवासुविधाका कारण म जस्ता कयौं साथिहरू  ४०औं वर्ष काम गरेर विना सेवासुविधा अवकाश भइसक्नु भएको छ ।

    आज तिनै गुमेका दरबन्दी,  पूरा तलबभत्ता, स्थायित्व र शिक्षक सरहका सेवा सुविधाको ग्यारेन्टीका लागि यहि २०७९ भदौ १ गतेदेखि आन्दोलन सुरु भएको छ ।

    सम्पूर्ण शिक्षक संघसंगठनहरूले, प्रअहरूले आफ्ना माग र हक अधिकार प्राप्तिको लागि गरेका संघर्ष र विद्यालय बन्दसमेत गरेको आफ्नो इतिहासलाई एकपटक फर्केर हेर्न अनुरोध गर्दछु ।

    साथै आफ्ननापार्टीबाट प्रधानमन्त्रीसमेत भैसकेको मानिस तथा पार्टी छातीमा  ब्यानर टाँसेर सडक अवरुद्ध गर्दै हामी यता छौँ भन्दै आन्दोलन गरिएका इतिहासलाइ हेर्दै विद्यालय कर्मचारीको आन्दोलनलाई सफल बनाउन सहयोग गरिदिन हुन अनुरोध छ । विष्णु अधिकारी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology