Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन

हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन

  • 366
    SHARES
  • हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन

    झापा । पूर्वोत्तर झापाको बाहुनडाँगी बजारमा हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन राखिएको छ ।

    मेचीनगर-४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनको उद्घाटन मेची नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । व्याट्री, प्यानल बक्स, तार जडित सो मेसिनले हात्ती प्रवेश गर्नासाथ सूचना दिने बताइएको छ ।

    उज्यालो नेपालका पूर्वध्यक्ष एवम् स्वयंसेवक रमेश थापाले उक्त साइरन मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोगस्वरूप हस्तान्तरण गरैको र हात्ती आउँदा बजेको सो मेसिनको साइरनले बाहुनडाँगी बजार आसपास एक किलोमिटर क्षेत्रसम्म आवाज सुनिने बताइएको छ ।

    साइरनमा मोबाइल एप्स जोडेर प्रत्येक व्यक्तिले हात्ती आएको जानकारी लिन सकिने बताइएको छ । साइरनको सुरुक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा दिइएको छ ।

    ‘साइरन बजेपछि हात्ती आएको थाहा पाइन्छ’, उज्यालो नेपालका स्वयंसेवक थापाले भने, ‘त्यसपछि घरमै बस्दा पनि मानिसले ज्यान जोगाउन सक्छन् । हात्ती आउँदा हात्ती धपाउने होइन कि घरमा लुकेर बस्नु पर्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij