Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

जनार्दन शर्माको अगुवाईमा चौरजहारी अस्पतालका बिरामीले पाए अक्सिजन

जनार्दन शर्माको अगुवाईमा चौरजहारी अस्पतालका बिरामीले पाए अक्सिजन

  • 2.0K
    SHARES
  • जनार्दन शर्माको अगुवाईमा चौरजहारी अस्पतालका बिरामीले पाए अक्सिजन

    काठमाडौं । रुकुम पश्चिमस्थित चौरजहारी अस्पतालमा कोरोना संक्रमितको उपचारमा आवश्यक अक्सिजन सिलिन्डर परिपूर्ति भएको छ । 

    images

    पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य जनार्दन शर्माको अगुवाईमा शुक्रबार सो अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याइएको हो ।   

    कर्णाली प्रदेशको कोभिड उपचार केन्द्र रहेको चौरजहारी अस्पतालमा अक्सिजन सिलिन्डर हस्तान्तरण, कोरोना रोकथाम, उपचार र पूर्वाधार (बेड) विस्तारको छलफलसहित नयाँ कार्ययोजना बनाएको शर्माले जानकारी दिएका छन् । 

    ‘उपलब्ध जनशक्ति परिचालन गरी बिरामीलाई उपचारमा कमी हुन नदिने कुरामा हामी लागेका छौं,’ शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी गराएका छन् ।

    उनले यस कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology