Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

दोस्रो विश्वयुद्ध पछि विभिन्न देशमा बसोबास गरिरहेका नेपालीलाई परिचयपत्र दिन एनआरएनएको माग

दोस्रो विश्वयुद्ध पछि विभिन्न देशमा बसोबास गरिरहेका नेपालीलाई परिचयपत्र दिन एनआरएनएको माग

  • भाद्र १२, २०७९ आइतवार १९:१५ बजे
  • 413
    SHARES
  • दोस्रो विश्वयुद्ध पछि विभिन्न देशमा बसोबास गरिरहेका नेपालीलाई परिचयपत्र दिन एनआरएनएको माग

    काठमाडौं । गैरआवासीय नेपाली संघ एसिया प्रशान्त (औं क्षेत्रीय सम्मेलन)ले बैंकक घोषणापत्र जारी गर्दै विभिन्न देशमा रहेका नेपालीलाई परिचयपत्र दिन माग गरेको छ। घोषणापत्रमा दोस्रो विश्वयुद्ध पछि विभिन्न देशमा छरिएर रहेका करिब ६ लाख नेपालीलाई परिचयपत्र दिन माग गरिएको छ।

    images

    अगष्ट २६ देखि २८ सम्म थाईल्याण्डको राजधानी बैंककमा सम्पन्न भएको सम्मेलनको घोषणापत्रमा भनिएको छ, ‘दोस्रो विश्वयुद्धको समय देखि म्यानमार, मलेसिया, थाइल्यान्ड, सिंगापुर, फिजी लगायतका देशहरुमा रहेका करिव ६ लाख नेपाली मूलका पिएनओ (पिपल अफ नेपाली ओरजिन)हरुलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न यो सम्मेलन नेपाल सरकारसंग बिषेश अनुरोध गर्दछ ।’

    यस्तो छ घोषणापत्र

    गैरआवासीय नेपाली संघ एसिया प्रशान्त ९औं क्षेत्रीय सम्मेलन - बैंकक घोषणापत्र

    गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रीय, विज्ञ तथा महिला सम्मेलन २०२२ अगष्ट २६ देखि २८ सम्म थाईल्याण्डको राजधानी बैंककमा भव्य रुपमा सम्पन्न भयो । सम्मेलनमा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शेरबहादुर कुंवरको प्रमुख आतिथ्यता एवं सांसद डा. सूर्य प्रसाद पाठक, गण्डकी प्रदेशका पर्यटन मन्त्री माननीय मणिभद्र कंडेल, राष्ट्रीय समाबेसी  आयोग सदस्य माननीय पुष्पराज तिमिल्सिना, राष्ट्रीय मानबअधिकार आयोग सदस्य माननीय लिली थापा, राष्ट्रीय मुस्लिम आयोग सदस्य माननीय मिर्जा अर्सद बेग, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट, संस्थापक अन्तराष्ट्रीय संयोजक (महासचिब) भीम उदास लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुसहितको उपस्थितीमा सम्पन्न भयो । क्षेत्रीय संयोजकद्धय पारमणी पोखरेल र डिपी कंडेलको संयोजकत्वमा आयोजित सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ थाइल्याण्डले लिएको थियो ।

    सम्मेलनमा ३० देशका तिन सय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बिभिन्न बिषय प्रस्तोताहरुले आ-आफ्नो क्षेत्रसंग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सम्मेलन सम्मानित श्रम बजार, गैरआवासीय नेपाली नागरिकता, विदेशबाट नै मताधिकार, सामाजिक सुरक्षा, पिएनओ साथै महिला तथा युवाहरु लगायत संघले लामो समय देखि पैरबी गर्दै आएका मुद्दाहरु र संघको संरचनागत सुधारको बारेमा केन्द्रीत रहेको थियो ।  

    सम्मेलनमा नेपाल सरकारका उच्च पदाधिकारीहरु, संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा. डा बद्री केसी, संस्थापकहरु, संघका पदाधिकारी तथा सदस्यहरु, एशिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न मुलुकका विज्ञहरु, अभियानकर्ताहरु, गैरआवासीय नेपालीहरु लगायत संचारकर्मीहरुको उपस्थितिमा सम्पन्न यस बैठक तथा ज्ञान सम्मेलनका निर्णयहरु निम्नानुसार रहेका छन् ।

    १.  दोस्रो विश्वयुद्धको समय देखि म्यानमार, मलेसिया, थाइल्यान्ड, सिंगापुर, फिजी लगायतका देशहरुमा रहेका करिव ६ लाख नेपाली मूलका पिएनओ (पिपल अफ नेपाली ओरजिन) हरुलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न यो सम्मेलन नेपाल सरकारसंग बिषेश अनुरोध गर्दछ ।

    २.  एनआरएनएले स्थापनाकालदेखि उठाउँदै गरेको गैरआवासीय नेपालीले नेपाली नागरिक सरह सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता हालै संसदबाट पारित भएको प्रति यो सम्मेलन खुशि व्यक्त गर्दै गैरआवासीय नेपालीहरुको नागरिकतालाई सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था तत्काल  गर्न  नेपाल सरकार र सम्बन्धित निकाय समक्ष हार्दिक अनुरोध गरिन्छ ।  

    ३.  एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा महिला तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न  संघका सबै राष्ट्रिय समन्वय परिषदहरु यो सम्मेलन मार्फत प्रतिबद्धता जाहेर गर्दछ  । समाचार संयोजक, एनआरएनएनेपालमा बिदेशबाट पढ्न आउनेहरुले पर्यटन भिषा लिएर जानुपर्ने अबस्था भएकोले सो को अनुकुल बाताबरणको लागि बिद्यार्थी भिषाको व्यबस्थाको लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गर्दछ । 

    ४.  गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्नको लागि आवश्यक कानुनहरुलाई समयाअनुकुल परिमार्जित गर्दै गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन आवश्यक पहलका लागि सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गर्दछ ।

    ५.  आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानुन निर्माणका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाईन मार्फत मतदाता नामावली दर्ता एवं मतदान गर्ने तथा राष्ट्रिय परिचयपत्रसमेत बनाउन सक्ने व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायलाई अनुरोध गर्दछ । 

    ६.  हाल वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने तथा गन्तब्य देशसँग श्रम सम्झौता गर्दा  अनिवार्यरुपमा सामाजिक सुरक्षामा आवद्ध गराउन अनुरोध गर्दछ । 

    ७.  बिदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्बाङ्गिण विकासमा योगदान हुने गरी सो को सहज प्रयोगको लागि आवश्यकल संयन्त्र निर्माण तथा समन्वय गर्न यो सम्मेलन अनुरोध गर्दछ ।  

    ८.  संघले उद्धमशिलताको बिकास गर्न बिध्यालयस्तरबाटै पढ्दै कमाउंदै जस्ता मौलिक कार्यक्रमहरु संचालनमा ल्याउने योजनाको यो सम्मेलन सहर्ष स्वागत गर्दछ । साथै युवा तथा महिलाहरुको उद्यमशीलता अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सकृयतामा शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो सम्मेलन प्रतिबद्धता जाहेर गर्दछ ।

    ९  नेपालको प्रमुख आर्थिक श्रोत बिष्रेशण (रेमिट्यान्स) लाई औपचारीक माध्यमबाट नेपाल पठाउने बाताबरण बनाउंदै त्यसको केही निश्चित अंश उत्पादनमा लगानी गर्नै पर्ने वाताबरण मिलाउन नेपाल सरकार संघ बिच सहकार्य गर्ने यो सम्मेलन निर्णय गर्दछ । साथै समस्त गैरआवासीय नेपालीहरुलाई नेपालमा डलर खाता खोली नेपालमा देखिएको बैदेशिक मुद्राको न्यूनतालाई परिपुर्ती गरी सहयोग गर्न यो सम्मेलन अपील गर्दछ ।  

    १० वैदेशिक रोजगारमा रहेका ससाना लगानी गर्न सक्ने नेपालीहरुलाई सामुहिक लगानीमा आवद्ध गराउनका लागि नेपाल सरकारसहितको संलग्नतामा संचलान गर्न लागिएको १० अर्बको लगानी कोष संचालनमा आवश्यक कानून यथासक्य छिटो परिमार्जन गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ । 

    ११, मिलाप एसिया भेन्चरको स्थापना गरी नेपाली कोशेली उद्योगको स्थापना गरी नेपाली उत्पादनलाई अन्तर्राष्टिय बजारमा प्रवद्र्धन गर्नेछ ।  यो सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न आयोजक राष्ट्र गैरआवासीय नेपाली संघ थाइल्याण्ड, प्रमुख अतिथि, बिशिष्ट अतिथिहरु अन्तर्राष्ट्रिय समन्वय परिषद्, यस क्षेत्रका सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरु, प्रायोजकहरु, आयोजक समितिका सदस्यहरु, स्वयंम्सेवीहरु, संचारकर्मीहरु लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । 

    गैरआवासीय नेपाली संघ (एनआरएनए) 
    एसिया प्यासिफिक क्षेत्र, ९ औं क्षेत्रीय सम्मेलन, थाइल्याण्ड, बैंकक

    २८ अगष्ट २०२२


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology