Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

काठमाडाैंका मेयर बालेनविरुद्ध अवहेलनाको मुद्दा : ३ दिनभित्र जवाफ दिन सर्वोच्चकाे आदेश

काठमाडाैंका मेयर बालेनविरुद्ध अवहेलनाको मुद्दा : ३ दिनभित्र जवाफ दिन सर्वोच्चकाे आदेश

  • 485
    SHARES
  • काठमाडाैंका मेयर बालेनविरुद्ध अवहेलनाको मुद्दा : ३ दिनभित्र जवाफ दिन सर्वोच्चकाे आदेश

    काठमाडौं । अदालतको अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई ३ दिनभित्र जवाफ दिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

    नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेकाे भनिएकाे संरचना हटाउने महानगरको कदमविरुद्ध दायर रिटलाई लिएर गरेको टिप्पणीका कारण साहविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो ।

    अधिवक्ता दीपकराज जोशीले मेयर साहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका थिए ।

    अधिवक्ता जोशीको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको सोमबारको इजलासले ३ दिनभित्र जवाफ दिन भन्दै बालेन समेतका नाममा आदेश जारी गरेको हो ।

    नर्भिक अस्पताल पक्षबाट दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अस्पतालले निर्माण गरेका संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेको थियो ।

    उक्त आदेशपछि बालेनले सामाजिक सञ्जालमा लेख्दै भनेका थिए, ‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरू संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

    उनले उक्त प्रकरणमा अर्को पेसी तोक्न ढिलाइ भइरहेको संकेत गर्दै सामाजिक सञ्जालमा आफूलाई बुढो भएको देखाउने तस्बिर राखेका थिए ।

    बालेनले लेखेका थिए, ‘अल्पकालिन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकालपछि आउँछ कि।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij