वेबटिभी खबर
काठमाडौं । शेयर बजार परिसूचक नेप्से सोमबार सामान्य अंकले बढेको छ । लगातार घटिरहेको शेयर बजारमा सोमबार भने सामान्य सुधार भएको हो ।
आज नेप्से तीन दशमलव ७६ अंकले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ । आज जीवन बीमा र उत्पादन समूहको शेयर ४० अंकभन्दा धेरै बढेको छ। बैंक, माइक्रोफाइनान्स, लगानी र म्यचल फन्ड समूह भने घटेको छ ।
आज दुई सय २२ वटा कम्पनीको ३४ लाख ४० हजार कित्ता शेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको ११ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
नेप्से सामान्य बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रुरु जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij