Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अस्तपालमा अक्सिजन सकिँदा दुई संक्रमितको मृत्यु

अस्तपालमा अक्सिजन सकिँदा दुई संक्रमितको मृत्यु

  • 1.1K
    SHARES
  • अस्तपालमा अक्सिजन सकिँदा दुई संक्रमितको मृत्यु

    भक्तपुर । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

    भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना संक्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । 

    भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उनले बताए । अक्सिजन सकिन लागेकाले भर्ना भएका बिरामीलाई अन्यत्र लैजान अस्पतालले भनेपछि परिवारले अस्पताल खोज्दाखोज्दै संक्रमितको मृत्यु भएको मिजारले जानकारी दिए । 

    गम्भीर अवस्थाका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij