Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नारायण नेपालले ल्याए बाल उपन्यास दाजु–बहिनीका कुरा

नारायण नेपालले ल्याए बाल उपन्यास दाजु–बहिनीका कुरा

  • 742
    SHARES
  • नारायण नेपालले ल्याए बाल उपन्यास दाजु–बहिनीका कुरा

    काठमाडौं । साहित्यकार नारायण नेपालको बाल उपन्यास दाजु–बहिनीका कुरा लोकार्पण गरिएको छ । कुसे औँसी तथा मोतीराम जयन्तीका अवसरमा घुम्ती कवि गोष्ठी नेपालद्वारा आयोजित कार्यक्रममा उक्त बाल उपन्यास लोकार्पण गरिएको हो ।

    images

    कपनमा रहेको यात्री पुस्तकालयमा मोतीराम सम्झना विशेष रचना वाचन कार्यक्रमकाबीच वेदान्त अनुवादक तिलक लुइँटेलले  उपन्यास सार्वजनिक गरे । 

    घुम्ती कविताका अध्यक्ष रामकुमार पण्डित, गीतकार विसु केसी, कवि कृष्णप्रसाद बस्याल, कवि विनोद दाहाल वत्सलगायतका व्यक्तित्वहरूको सिर्जना वाचन गरिएको थियो ।

    पुस्तकालयका कार्यकारी कवि त्रिलोचन आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रामचन्द्र दाहाल, दुर्गा भ्रमरकोटे, निबन्ध आचार्य, ओमकारप्रकाश नेपाल, सुशील पोख्रेल, मोहन कार्की, मिसन अधिकारी, किशोर श्रेष्ठलगायतका व्यक्तिहरूको उपस्थिति थियो ।

    भुँडीपुराण प्रकाशनले प्रकाशित गरेकाे सो पुस्तक फरक रूपमा बालमनोविज्ञान बुझ्ने र बुझाउने साहित्यिक कडी हुनसक्ने प्राध्यापकसमेत रहेका  नेपालकाे भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology